बाल नाटक महोत्सव आज सकिंदै



शैली थिएटर र रुसि सांस्कृतिक केन्द्रको आयोजनामा राजधानीमा जारी नवौ बाल नाटक महोत्सव आज बुधबार एक कार्यक्रम गरि समापन हुँदैछ। महोत्वसमा १४ प्रतियोगिती नाटकबाट ६ बिधामा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराए।

महोत्सवको पहिलो दिन गत आइतबार तीन प्रतियोगि नाटकहरु मन्चन गरिएको थियो। त्यसअन्र्तगत रुपेश मगरको निर्देशनमा आकाशगंगा एकेडेमीको तुलसी, देबराज जोशीको लेखन र निर्देशनमा गृनफिल्ड नेशनल स्कुलको प्रस्तुति सत्ते चित्रे चरित्रे र सुमन रन्जितको निर्देशनमा बिद्या सागर स्कुल बनेपाको सुपरहिरो मञ्चन गरिएको थियो।

शैली थिएटरका सल्लाहकार रमेश बुढाथोकीको सभापतित्व तथा हरिहर शर्मा र शकुन्तला शर्माको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको महोत्सवमा आयोजक थिएटरको प्रस्तुतिमा रुसि लोककथामा आधारित नाटक चाँदिको खुर मञ्चनत गरिएको थियो। शिशिर अर्याल, देबेन्द्र बिक, उमा खड्का, रोबिन तामाङ, अमिसा अधिकारी, आस्मा दाहाल, सदिन लुइटेल, अभयआर देबकोटा र सौरब ढकालको अभिनय रहेको नाटकलाइ आर्यन न्यौपानेले निर्देशन गरेका थिए। महोत्सवको दोस्रो दिन श्यामबिक्रम रानाको लेखन र निर्देशनमा कलर अफ आर्टसको प्रस्तुतिमा मोहन मैना, महेन्द्र आदर्श स्कुलको प्रस्तुतिमा सोही स्कुलकै विद्यार्थी सुपिया नेपालले निर्देशन गरेको अस्तित्व र निस्ट स्कुलको प्रस्तुतिमा सोही स्कुलका विद्यर्थी निर्भिक भट्टराईले निर्देशन गरेको आँैला मञ्चन गरिएको थियो।

ततपश्चात सजल गौतमको निर्देशनमा सेन्ट पौल स्कुलले तयार गरेको बन्दुक र नेशनल पायनिएर एकेडेमीको प्रस्तुति तथा मिना आचार्यको लेखन एबम निर्देशनमा बालश्रम शोषणको अन्त्य मञ्चन गरिएको थियो। महोत्सवको अन्तिम दिन आज बुधबार हेम्स स्कुलको कसैको जीवन मञ्चन गरिने भएको छ। समीर पौडेलको निर्देशन रहेको यो नाटकले अनाथबालबालिकाको कथा चित्रण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्