श्रीदेवीको हत्या गरिएको आशंका



एजेन्सी, प्रसिद्ध अभिनेत्री श्रीदेवीको मृत्युको विषयमा हत्या गरिएको हुनसक्ने आंशका गरिएको छ । भारतको राजतितिक दल भाजपाका सांसद सुब्रहमण्यम स्वामीले श्रीदेवीको हत्या गरिएको बयान दिएका छन् ।

बाथटबमा डुबेर श्रीदेवीको मृत्यु हुन नसक्ने उनको भनाइ छ । स्वामीले अन्डरवर्ल्ड डन दाउद इब्राहिमको पनि उल्लेख गर्दै अभिनेत्रीहरूले दाउदसँग गैरकानूनी सम्बन्ध राखेको विषयमा ध्यान दिनु आवश्यक रहेको पनि बताए ।

तर दुबई प्रहरी र दुबई पब्लिक प्रोसिक्युसनले यस विषयमा षड्यन्त्रको पुष्टि गरेको छैन । पब्लिक प्रोसिक्युसनले यस विषयमा जाँच गरिरहेको छ तर दुबई प्रहरीले क्लीनचिट दिएको छ ।

दुबई प्रहरीले प्रस्तुत गरेको रिर्पोटमा श्रीदेवी बेहोश भएर बाथटबमा लडिन् र पानीमा डुबेर उनको धिन भएको भनिएको छ । तर, सुुब्रहमण्यम स्वामीले भने यो कुरा हुन नसक्ने भनेर खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्