नयाँ उपप्रम



सिड्नी, (एजेन्सी)
एउटा क्षेत्रीय अखबारका पूर्वसम्पादक माइकल म्याककोम्र्याकलाई सोमबार अस्ट्रेलियाको उपप्रधानमन्त्रीमा चयन गरिएको छ। उनले बार्नाबी जोयसलाई प्रतिस्थापन गर्न लागेका हुन्। दुई वर्ष उपप्रघानमन्त्री रहेका जोयसले आफ्नो एकजना पूर्वकर्मचारी महिलासँगको यौन सम्बन्धको अभियोगको कारण शुक्रबार पदबाट राजीनामा दिएका थिए। सन् १९९३ मा समलिंगी यौन सम्बन्धलाई एक घृणित कार्यको उपमा दिँदै आफ्नो अखबारमा एउटा स्तम्भ लेखेबापत म्याककोम्यार्क निकै आलोचित हुन पुगेका थिए। अज्ञात कन्जरभेटिभ मानिने उनलाई राष्ट्रिय विधायकहरूले छनोट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्