नासाको चन्द्रमा अभियानमा महिला अन्तरिक्ष यात्री पर्ने !



वासिङ्टन, (एजेन्सी)
नासाका जोन्सन स्पेस सेन्टरका निर्देशक डाक्टर एलेन ओचोआले नासासँग रहेका सक्रिय ३ अन्तरिक्ष यात्रीमा १ महिला भएको जानकारी दिएका छन्। त्यसैले यसै शताब्दिमा चन्द्रमामा अर्को कदम कुनै महिलाको हुने सम्भावना एक तिहाइ रहेको उनले बताए।

सन् १९६० मा नासाले चन्द्रमामा महिलालाई पठाउने उसको कुनै योजना नभएको बताउँदै महिलाको दरखास्त अस्वीकार गरेको थियो। अस्वीकृत हुनेमा अमेरिकाकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि परेकी थिइन्।

चन्द्रमाको आगामी मानव अभियानमा महिला अन्तरिक्ष यात्रीको सम्भावना खुला रहेको बताउँदै ओचोआले यदि त्यस्तो भएमा सन् १९७० को चन्द्रमा यात्रामा पुरुषपछि अब महिला यात्री हुने बताए।
सन् १९८३ मा अन्तरिक्षमा जाने पहिलो अमेरिकी अन्तरिक्ष यात्री सेली राइड थिइन्। सन् २०१३ मा पनि नासाले ८ जना अन्तरिक्ष यात्रीको कक्षामा आधा महिला भएको घोषणा गरेका थिए।

रुस–अमेरिकी सम्बन्धको अभियानमा प्रभाव
ट्रम्प र रुस सम्बन्धको जाँचले अमेरिका र रुसबीच तनावको स्थिति रहेको छ। संयुक्त अभियानमा पर्न सक्ने यसको प्रभावका विषयमा ओचोआले भने– ‘यसको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा दुई देशको सम्बन्धले कुनै असर पर्ने छैन। दुवै देशले एउटा ठूलो लक्ष्यलाई केन्द्रित गरी काम गरिरहेका छन् र यो अत्यन्त सहयोगी बनेको छ।
चन्द्रमामा पुनः मानव पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसला हानीकारक हुन सक्ने ओचोआले स्वीकार गरे। उनले भने– ‘आफ्नो लक्ष्यतर्फ स्थिरतापूर्वक बढिरहने हो भने कर तिर्नेको पैसाको सही प्रयोग कसरी हुन्छ भन्ने कुरा गर्न सकिन्छ।’
नासाले पहिलेदेखि नै चन्द्रमा र त्यसको नजिकको यात्रा अभियान योजना बुनिरहेको र त्यसबाट मंगल ग्रहमा मानव पठाउने तयारी गर्ने सोचमा रहेको उनले बताए।

अन्तरिक्ष यात्री बन्न चाहन्थिन् हिलारी क्लिन्टन
अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले आफ्नो किताब र भाषणहरूमा धेरैपटक आफू अन्तरिक्ष यात्री बनेर चन्द्रमामा जान चाहेको बताएकी थिइन्। यद्यपि सन् १९६१ मा १४ वर्षको उमेरमा उनले नासालाई पत्र लेखेकी थिइन्। तर, नासाले जवाफमा केटी तथा महिलालाई अन्तरिक्ष यात्रीका रूपमा लिने योजना नभएको लेखेको थियो।

प्रतिक्रिया दिनुहोस्