आर्थिक सहयोग जुटे म बाच्न सक्छु



प्यूठान । प्युठान नगरपालिका वडा नम्वर ९ निवासी कृष्ण केसी मृत्यु र जीवन दोसाधमा अस्पतालको शैयामा लडीरहेका छन । केसी को घरमा हरिविजोग भएको छ । सुन्दा पनि शरीर काम्ने र डरलाग्दो दर्दनाक घटनाले कृष्ण केसीको परिवार पिडित भएको छ । केसीको घरमा परेका विपतहरूको विवरण यस्तो छ ।

२०७३ सालको तिहारमा सवै समाजले टीका लगाउदै रमाउदै गर्दा केसीको भाइ २५ बर्षे कुल वहादुर केसी को तिहार कै दिनमा असामान्य रूपमा मृत्यु भयो । वुवा, आमा, श्रीमती अनि छोराहरूको आम्दानीको स्रोतमा ठुलै धक्का पुग्यो । त्यस्को १ वर्ष नबित्दै २०७४ सालको स्थानिय तहको निर्वाचनको चलपहल तिव्र गतिमा बढेको बेला केसीको परिवारको मुल खाबो अथवा बुबा डिम बहादुर केसीको जेष्ठ २८ गते घरमै दुर्घनामा परि मुत्यु भयो । गरिव परिवारको आम्दानीका स्रोत पुरै बन्द हुने अवस्थामा पुग्यो ।

दिन प्रतिदिन गरिवीको घेराले च्याप्दै गयो । बिहान वेलुका छाक टार्न धौधौको अवस्था आयो । दुई छोरा १ छोरी र बुबा आमा रहेको परिवारमा छोरी रिनालाई ठुलै स्वास्थ्य समस्या आए पछि स्थानिय जिल्ला अपस्पतालमा उपचार गराउदा गराउदै धेरै धन पैसा सकियो अनि जिल्लमा निको नहुने भएपछि बाध्यतावस बहिनी रिना केसीको थप उपचारको लागि काठमाडौ लगियो, ऋणले च्यापेको गरिव परिवारलाई उपचार गराउन अति नै संकट परेको थियो ।

गाउँबाट बैनीको उपचारको लागि रकमको जुओ गरि काठमाडौ पुग्दा बैनीको स्वास्थ्य नहाम्रो देखे पछि कृष्ण केसी अस्पतालमा हट अट्याक भएर फेन्ट भएका थिए जसको असर टाउकोमा पर्न गएछ । उपचार गर्न गएका दाजु आफै विरामी पर्दा बैनीको उपचार प्रक्रियामा प्रत्यक्ष असर पर्न गयो । दाजु विहोस भएर लडेको ३ दिन पछि बैनीको निधन हुन पुग्यो ।

बैनीको उपचार खर्चका कारणले ऋण ग्रस्त केसी परिवारमा अर्को बज्रपात भयो । बैनीको शवको अन्त्यष्टि नहुँदै यता कृष्ण केसीको लागि टाउकाको अप्रेसन गर्नका लागि लाखौँ रूपैयाको आवश्यकता परेको अस्पतालले जानकारी गरायो । घरको सम्पतीको नाममा थोरै खेत थियो त्यहि खेत पनि बिक्रि गरि त्यो रकम उपचारमा खर्च गरियो तर त्यो रकमले नत कृष्ण केसी लागि उपचारको लागि रकम पुग्यो नत पुरानो ऋण नै तिर्न पुग्यो ।

केसी नत मर्न सके नत बचाउने रकम नै जुटयो अति पिडाले थलिन थाल्यो कृष्णको उपचार प्रक्रिया । घरमा वृद्ध आमा र श्रीमती र नावालक छोरा वाहेक कोहि भएनन । यति मात्र होईन घरमा रहेको वालक छोराको हात भाचेको भोली पल्ट काठमाडौमा फूपूको मृत्यु हुन पुग्यो । कृष्णको लागि काठमाडौको विरामी कुरूवा समेत भएनन । त्यो घरका मुख्य मान्छे मध्ये बुबा, भाइ र बैनीको मृत्यु भईसकेको छ भने कृष्ण अस्पतालको शैयामा वेहोस अवस्थामा छन । घरमा बृद्ध आमा र बाल वच्चा सहित श्रीमती छन । खेती गर्ने जग्गा छैन , काम गर्ने मान्छे छैन ,कृष्णको लागि दिन प्रतिदिन महँगो औषधी खर्च आदि ईत्यादी घटना देख्दा साँच्चै सपना हो वा नाटक जस्तो परिदृश्य देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्