प्रदेश नं ३ को राजधानी नुवाकोट बन्ने सम्भावना बढ्यो



नुवाकोट । प्रदेश नं ३ को राजधानी नुवाकोट बन्ने सम्भावना बढेर गएको छ । प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी ४ महिना पछि सर्ने र त्यो नयाँ ठाउँको पहिचान भइसकेको स्थापितले बताउनुभयो ।

तर जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उहाँले आउँदो ४ महिनाभित्र राजधानी सर्ने बताउनुभयो । सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको मन्त्रि स्थापितले बताउनुभयो । संचारकर्मीहरुसँग कुरा गर्दै पुर्वाधार मन्त्रि स्थापतिले राजधानी राख्ने भनिएको नयाँ ठाउँबारे सार्वजनिक गर्न भने अहिले नै नमिल्ने बताउनुभयो ।

हेटौडा कुनैपनी कोणबाट स्थायी राजधानी बन्ने सम्भावना नरहेकाले पनि प्रदेश सांसदहरु यसको बिकल्पको खोजिमा नुवाकोट तर्फ लागेको बताईको छ । काठमाण्डुबाट नजिक रहेको र चिन प्रवेशको महत्वपुर्ण स्थान समेत रहेकाले नुवाकोटनै बनाउने बारे धेरैजना प्रदेश सांसदहरु सकारात्मक रहेको पाइएको छ ।

प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा ७ लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र ३ लाख रोपनी वन रहेको पनि उहाँको दाबी छ । त्यो ठाउँमा ५० हजार रोपनी खोलाले खाएको जग्गा छ । १४१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ उहाँले भन्नुभयो । जसले गर्दा १० लाख जनतालाई खानेपानी बितरण गर्न पुग्छ । ३० वटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उहाँले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताउनुभयो ।

पूर्वाधार मन्त्री म आफै भएकाले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” उनले भने, “मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य पनि भइरहेको छ ।” राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्