गोलीहानी फरार रहेका ब्यक्ति पक्राउ



विमल विष्ट, डोटी । आपसी बिबादमा गोलीहानी फरार भएका डोटीको आर्दश गाउपालिका ६ गोसेडाका ४४ बर्षिय धर्म लुहारलाई प्रहरीले आज सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता (डिएसपी) शिबबहादुर सिंहले दिनु भएको जानकारी अनुसार प्रहरी चौकी तिल्ताली सैन बाट प्रहरी सहायक निरिक्षक कर्णबहादुर घर्तिको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले लुहारलाई पक्राउ गरेको हो ।

गोलीहानेर भारत तर्फ भाग्न जाने क्रममा प्रहरीले लुहारलाई डोटीको तलारा क्षेत्र बाट पक्राउ गरेको हो । लुहारले शनिबार दिउसो आपसी बिबादहुदा सोही गाउपालिका बस्ने बर्ष ५५ का देब अधिकारीलाई गोली हानी फरार भएका थिए ।

लुहारको गाली लागि गम्भिर घाईते भएका अधिकरीको भारतमा उपचार भईरहेको छ । लुहारलाई जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी हिरासतमा राखी आबस्यक सोध पुछ भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्