प्रदेश ३ को कार्यविधि नियमावली पारित



हेटौंडा । प्रदेश नम्बर ३ ले प्रदेशसभाको कार्यविधि नियमावली पारित गरेको छ । सभाकोप्रदेशसभा बैठकमा पेश गएिको नियमावली सांसदहरुले ध्वनि मतद्वारा पारित गरेका हुन् ।

नियमावलीमा प्रदेशसभाको सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यको काम, कर्तव्य र अधिकार सार्वजनिक जनहितको विषयमा, आर्थिक विनियोजित विधेयक प्रदेशसभाका सदस्यको विशेषाधिकार, आचरण व्यवहारलगायत विधेयक २१७ वटा नियम दफा र ६ वटा अनुसूची समावेश गरिएको छ ।

कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थ भन्दा माथि उठे प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थिए । बैठक प्रारम्भ भएपछि प्रदेशसभाका सदस्य शोभा शाक्य, राधा घले, रिना गुरुङ, युवराज दुलाल, रामेश्वर फुयाल र रीता माझीले आ–आफ्नो धारणा राखेका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्