युद्धविराम पारित



बेरुत, (एजेन्सी)
संयुक्तराष्ट्र संघको सुरक्षा परिषद्मा सिरियामा ३० दिने युद्धविरामको प्रस्ताव सर्वसम्मतले अनुमोदन भएपछि आइतबार सिरियाको राजधानी दमास्कसलगायत युद्धग्रस्त पूर्वी उपनगरहरू तुलनात्मक रूपमा शान्त रहेको दमास्कसका बासिन्दा र विपक्षी लडाकूहरूले बताएका छन्। तैपनि हिजो सिरियाभरिमा करिब तीनजना मारिएको बताइएको छ। पूर्वी घोउटामा लडाकू सरकारी पक्षबीच छिटपुट भिडन्त भएको थियो भने युद्धबिराम अनुमोदित भएको केही क्षणपछि नै शनिबार राति २ वटा हवाइ हमला भएको थियो। यसअघि एक सातासम्म भएको हवाई हमलामा घोउटामा मात्र ६५ सय जना मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्