चीनमा राष्ट्रपतिको दुई कार्यकाल हटाउने तयारी सी तेस्रो कार्यकाल रहन सक्ने



बेइजिङ, (एजेन्सी)
चीनको कम्युनिस्ट पार्टी (सीसीपी)ले राष्ट्रपति सी जिनपिङलाई लगातार तेस्रो कार्यकाल पदमा रहन पाउने गरी संविधान संशोधन गर्ने तयारी गरेको छ। उक्त संशोधनले दुई कार्यकाल मात्र राष्ट्रपतिमा बस्न पाउने प्रावधानलाई हटाउनेछ।

आइतबार देशको सत्तारुढ कम्युनिस्ट पार्टीले यस विषयमा एक प्रस्ताव पेश गरेको छ। गतवर्ष कम्युनिस्ट पार्टीले नेसनल कांग्रेसको बैठकमा सी जिनपिङलाई दोस्रोपटक राष्ट्रपतिमा चयन गरेको थियो। यदि चीनको संविधान नयाँ प्रस्ताव अनुरुप संशोधन भएमा दुई पटकभन्दा धेरै राष्ट्रपति बन्ने अवसर पाउने सी पहिलो राष्ट्रपति हुनेछन्। पार्टीको सेन्ट्रल कमिटीे संसद्मा उक्त प्रस्ताव लगेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

उक्त प्रस्तावमा उपराष्ट्रपतिलाई पनि २ कार्यकालभन्दा लामो समयसम्म पदमा रहन पाउने व्यवस्था छ। ‘कम्युनिस्ट पार्टीको सेन्ट्रल कमिटीले संविधानबाट राष्ट्रपति र उपराष्ट्रपति लगातार दुई पटकभन्दा धेरै पदमा रहन नपाउने व्यवस्थालाई हटाउने प्रस्ताव गरेको छ। ‘सिन्ह्वाले उल्लेख गरेको छ।
‘समाजवाद र चीनको नयाँ युगको विशेषतामा सी जिनपिङका विचारलाई पनि संविधानमा समावेस गर्ने प्रस्ताव संसद्मा ल्याएको सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ।

चीनमा पार्टी र सेना प्रमुख बनिरहने कुनै सीमा छैन।यद्यपि अधिकतम १० वर्ष यी पदमा बस्नुलाई आदर्श सिमाका रूपमा लिने गरेको छ। सी आफ्नो २ कार्यकाल अर्थात १० वर्षपछि पनि देशको राष्ट्रपति बन्न चाहेको मानिएको छ।

गत वर्ष अक्टोबरमा सी जिनपिङका विशेष निकट मानिएका ६९ वर्षका वाङले किसान पार्टीको स्थायी कमिटीबाट राजीनामा दिएका थिए। चीनमा ३० वर्षको उमेरपछि अधिकारीहरू आफ्नो पदमा रहन नपाउने नियम छ।
यद्यपि राजीनामा दिएपछि यसै वर्ष उनलाई संसद् प्रतिनिधि बनाइयो। चीनको नेतृत्वले उनलाई उपराष्ट्रपति बनाउन चाहेको चिनियाँ सूत्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्