कुख्यात कोकिन तस्करलाई अमेरिकामा सुपुर्दगी



बोगोटा, (एजेन्सी)
विगत एक दशकभित्र २ सय ५० टनभन्दा बढी कोकिन तस्करी गरेको अभियोग लगाइएका एकजना पुरुषलाई कोलम्बियाली सरकारले संयुक्त राज्य अमेरिकासमक्ष सुपुर्दगी गरेको छ।

कोलम्बिायली सरकारी वकिलहरूले इक्वेडरियन नागरिक ती वासिंगटन प्राडो आल्भा नामक व्यक्तिले अमेरिकाभरि कोकिन तस्करी गर्ने गरेको दाबी गरेका छन्। प्राडो अलाभालाई सन् १९९३ मा हत्या गरिएका कुख्यात मेडेलिन कार्टेल लिडर इक्वेडरका पाब्लो एस्कोबारसँग तुलना गर्ने गरिन्छ।

सन् २०१६ मा वामपन्थी लडाकू समूह फार्कले सरकारसंग शान्ति सम्झौतामा हस्ताक्षर गर्नु अघि प्राडो सो समूहमा प्रवेश गर्न खोजेका थिए। वास्तवमा उनले सरकारी पक्ष र फार्कबीच ५ दशक लामो द्वन्द्वको क्रममा अपराध गर्ने लडाकूहरूलाई कारबाहीमा छुट दिने सम्झौताको फाइदा लिन खोजेका थिए।

केहि वर्षदेखि प्राडो अमेरिकाको अत्यधिक खोजी सूचीमा रहेका अपराधी रहँदै आएका थिए। उनले इक्वेडर र कोलम्बियाको प्रशान्त समुद्रि तटबाट आफ्नो अवैध कारोबार सञ्चालन गर्दै आएका थिए।

सरकारी वकिलहरूले थुपै्र स्पिडबोट प्रयोग गरी उनले नियमित रूपमा कोकिनलाई सेन्ट्रल अमेरिका र मेक्सिकोमा पठाउने गरेको र त्यहाँबाट त्यसलाई अमेरिकातर्फ सिपिंग गर्ने गरेको बताइएको छ।

कोलम्बियाली शहर कालीमा आफ्नो परिवार भेट्न जाने क्रममा प्राडोलाई सन् २०१७ को अप्रिलमा पक्राउ गरिएको थियो। शनिबार उनलाई राजधानी बोगोटास्थित एउटा कारागारबाट एक विशेष विमानमा राखेर अमेरिका पठाइएको स्थानीय सरकारी सञ्चार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्