बालबालिकाका लागि पुस्तक पढ्नुपर्छः क्यामिल्ला



लन्डन, (एजेन्सी)
बेलायतका डचेस अफ कोर्नवल क्यामिल्लाले अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि पुस्तक पढिदिन आग्रह गरेकी छिन्। दि सन्डे एक्सप्रेसमा लेख्ने क्रममा उनले हरेक राति आफ्नो पिता मेजर बु्रस स्यान्डले किताब पढेर सुनाउने मिठो स्मरण गरेकी छिन्।

उनले भनेकी छिन्– ‘ती साँझहरूले मलाई जीवनभरि पढ्नतर्फ मात्र आकर्षित गरेन। बरु मैले सो अनुभव आफ्ना सन्तान र अहिले नातिनातिनाहरूबीच साट्ने मौका पाएकी छुँ।’ बिहीबार मनाइन लागेको वल्र्ड बु डे को सन्दर्भमा उनले सो अखबारमा पुस्तक वाचनसम्बन्धी लेखेकी हुन्।उनले अहिले थुप्रै स्क्रिन र सञ्चारबाट भरिएको संसारमा पुस्तकप्रति समर्पित हुनुभनेको अलि पुरानो फेसन जस्तै देखिने पनि बताएकी छिन्।

तर उनले अझै पनि विशेष गरी बालबालिकाका लागि पुस्तक र तिनीहरूको वाचन उत्तिकै महत्वपूर्ण रहेको बताएकी छिन्। उनले भनेकी छिन्– ‘नातिनातिनाहरूसंग बसेर मनपर्ने पुस्तकका पन्नाहरू पल्टाउनुको मज्जा नै बेग्लै हुन्छ। हामी सबैलाई थाहै छ पढ्नु भनेकै जिवनको अमूल्य सीप हो। पुस्तकले बालबालिकालाई थप कल्पनाशील र सिर्जनशील बनाउन सक्छ।’

प्रतिक्रिया दिनुहोस्