शिक्षा विभागको निर्देशन, सबै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक



शिक्षा विभागले विद्यालय तहका सबै विद्यार्थीलाई नया पाठ्यपुस्तक वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ। माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा सबै विद्यार्थीको हात–हातमा नयाँ किताब पुर्याउन निर्देशन दिएको हो। शिक्षा विभागले विद्यार्थीका लागतअनुसारको पाठ्यपुस्तकको रकम चालू आवको शुरुमै सबै स्थानीय तहमा विनियोजन भइसकेको अवस्थामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने हिमाली भोगका पाँच र वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने पहाड र तराईका जिल्लाका बालबालिकालाई नयाँ पुस्तक प्रदान गर्न सबै विद्यालयलाई आग्रह गरेको छ।

विभागले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र पठाएर सबै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउने वातावरण बनाइदिन आग्रह गरेको छ। सरकारले आगमी शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्मका सबै पाठ्यपुस्तक रंगिन बनाएको छ। विभागले भर्ना अभियानसँगै विद्यालय भर्ना हुन आएका बालबालिकालाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउन आग्रह गरेसँगै ती विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुगे⁄नपुगको अनुगमन गर्न स्थानीय तहलाई आग्रह गरेको छ। सरकारले गत वर्षदेखि १–५ को पाठ्यपुस्तक छपाई र बिक्री–वितरण गर्ने जिम्मा निजीलाई दिएको छ।

भने कक्षा १ देखि १० सम्मको पुस्तक छपाई र वितरण गर्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ। बर्सेनि पाठ्यपुस्तक नपाएर हैरान खेप्नुपरेको विद्यार्थीलाई यो वर्ष समयमै पाठ्यपुस्तक पुर्याउन विभागले सरोकारवालालाई आग्रह गरेको छ। देशभर ५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थी छन्। ती विद्यार्थीलाई ३ करोड, ५७ लाख ६७ हजार ७ सय २६ थान पाठ्यपुस्तक छपाइ गर्नपर्छ। केही विद्यालये विद्यार्थीलाई पुरानै पुस्तक पढाउने गरेपछि विभागले सबैलाई नयाँ पुस्तक उपलब्ध गराउन स्थानीय विकास मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्