राजधानी घोषणा संगै बुटवल र आसपासको क्षेत्रमा ठुला लगानीका होटल संचालनमा



यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५ को राजधानी घोषणा संगै बुटवल र आसपासको क्षेत्रमा ठुला लगानीका होटल खुल्न थालेका छन ।

विगत १ महिनामा बुटवल र आसपासमा ३ दर्जन बढी नयाँ तथा स्तरिय होटल संचालनमा आएका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीका अनुसार पछिल्लो समयमा भैरहवा, तिलोत्तमा, बुटवल वेल्वासर सालझण्डी क्षेत्रमा स्तरिय होटल तथा पार्टी प्यालेस खुल्नेक्रम तिब्र रुपमा बढेको बताउनु भयो ।

अध्यक्ष जिसीले विगत एक वर्षयता जिल्लामा शान्तिसुरक्षाको राम्रो प्रत्याभूती भएको बुटवलको सडकमा सिसीटिभी जडानसंगै विकृति विसंगती जन्य क्रियाकलाप शुन्य सरह भएकाले पनि होटल व्यवसाय फष्टाउदै गएको धारणा राख्नु भयो ।

होटल व्यवसाय पर्यटन व्यवसाय भएकाले यस क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाइ गुणस्तरिय वास तथा स्तरिय भोजनका लागि राम्रो व्यवस्था मिलाउनका लागि पनि स्तरिय होटल आवश्यक भएकाले सोको परिपूर्तिका लागि नयाँ तथा स्तरिय होटल संचालनमा ल्याउनु परेको जिसीले बताउनु भयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शान्ति चोकमा आईतवार करिव ४ करोडको लगानीमा दरवार लवन प्रालीको संघका अध्यक्ष समुन्द्र जिसी र तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेलले शुभारम्भ गर्नु भयो ।
११ कठठा जग्गामा एकैसाथ ४ हजार जनालाई खाना खुवाउन सकिने गरि दरवार लवन प्रालीको संचालन गरिएको छ ।

स्थानिय रामु गौतम, केशव भण्डारी पुस्कर काफले शंकर खरेल, महेन्द्र पौडेल, भिमलाल सापकोटा, शंकर भण्डारी र मधुकृष्ण पन्थको सम्युक्त लगानीमा दरवार लवन प्राली संचालनमा ल्याईएको हो ।

त्यसै गरि बुटवल नगरपालिकाको गोलपार्कमा १ सय ५० जनालाई आवासको रुपमा राख्न सक्ने गरि भिमलाल न्यौपानेले एभ्यूज प्रालीको संचालनमा ल्याउदै हुनु हुन्छ ।

करोडौ रुपैयाँको लगानीमा ६ वटा सेमीनार हल र एकैसाथ १ हजार ५ सय जनालाई खुवाउन र तालिम तथा गोष्ठी संचालन गर्न सक्ने क्षमताको होटल तयार गरी संचालनको तयारीमा रहेको न्यौपानेले बताउनु भयो ।
संघका अध्यक्ष जिसीले दुई वर्षको अवधीमा यस क्षेत्रमा ७० वटा भन्दा बढी होटलको शुभारम्भ गराएको बताउनु भयो ।

पछिल्लो समयमा यस क्षेत्रमा एभरेष्ट ईन्टरनेशनल होटल, क्याराभान होटल, ग्लोवलहोटल, हिमालयन होटल, नमोबुद्ध होटल, रेडमार्टिन होटल, सिमरन होटल तथा पार्टी प्यालेस लगायतका होटल संचालनमा आएका छन ।

प्रतिक्रिया दिनुहोस्