बहुउद्धेश्यीय सहकारी संघको अध्यक्षमा भण्डारी



नेपाल समाचारपत्र, ललितपुर ।
नेपाल बहुउद्धेश्यीय सहकारी संघ लिमिटेडको पाचौ साधारण सभाले श्री लालीगुरास बहुउद्धेश्यीय सहकारी संस्था पुल्चोकका सुरेन्द्र भण्डारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । चारवर्षिय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा सहयोगीका नारायणभक्त श्रेष्ठ, सचिवमा प्रतिभाका माधवप्रसाद तिमल्सिना, कोषाध्यक्षमा नमस्तेका पुष्पबहादुर पौडेल निर्वाचित हुनुभएको छ ।

संघका सदस्यहरुमा विनका हजुरी विष्ट, अरनिकोका तुलसीप्रसाद सापकोटा, बाराहीका जीवनकुमार राई, नमोस्तुतिका पार्वती थापा, बखानका तारा गुरुङ्ग, शुक्रपथका नरेन्द्र विष्ट, सद्नका बलराम खनाल, बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जन निर्वाचित हुनुभएको । प्रदेश संरचना अनुसार गठन गरिएको कार्यसमितिमा प्रदेश नम्बर १ बाट पहिलो पाईला झापाका सनिपकुमार भुजेल , २ बाट मनोकामना हरिवनका शम्भुलाल श्रेष्ठ , ३ बाट तपाईहाम्रो काठमाडौका मनोजकुमार थापा, ४ बाट प्राइम पोखराका सुरेन्दमणी पौडेल , ५ बाट बहुउद्धेश्यीय सहकारी संघलि बाँकेका भुपेन्द्र अधिकारी, ६ बाट बहुउद्धेश्यीय सहकारी सघं. लि., सुर्खेतका चन्द्रप्रसाद थानी र ७ बाट किसान कैलालीका सुरेन्द्रकुमार शाह निर्वाचित हुनुभएको छ । त्यस्तै लेखा समितिको संयोजकमा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका भोलाप्रसाद शर्मा खरेल र सदस्यहरुमा कोला समैजी महिला बहुउद्धेश्यीय सहकारी डडेल्धुराका कमला विष्ट र हिलटप जुनार बहुउद्देश्यीय सहकारी काठमाडौका सुमनविक्रम थापा निर्वाचित हुनुभएको छ ।

विजयी पदाधिकारी र सदस्यलाई निर्वाचन उपसमितिका संयोजक रामदत्त ओझाले पद तथा गोपनियतको सपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्