ब्यापारी कुट्ने आरोपी पक्राउ



सरोज यादव, विराटनगर  ।
गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतमाथि आक्रमणका आरोपी एलिस गुरुङ विराटनगरबाट पक्राउ परेका छन् । एलिसलाई मोरङ प्रहरीले विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको जनाएको छ ।

गत माघ ५ गते विराटनगरका व्यापारी पशुपति भगतलाई मरणासन्न हुनेगरी गुरुङले कुटपिट गरेको आरोप छ । भगतले गुरुङको योजनामा आफ्नो हत्या गर्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दर्ता गरेका थिए । ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी परेपछि गुरुङ फरार भएका थिए ।

सो बिषयमा जानकारी दिनुहुंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले ब्यवसायी भगत माथिको आक्रमणको घटना साथै गुरुङले अन्य ब्यक्तिहरुलाई धम्क्याएको जाहेरीहरु समेत आएको बताउनुभयो ।

उहांले गुरुङलाई भोलि अदालतमा उपस्थित गराइने जानकारी दिनुभयो । ब्यवसायी भगत आक्रमणको घटनामा मुख्य योजनाकार मानिएका गुरुङ नजिकका मो. सिद्धिकेताज बबरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान पछि छोडेको थियो ।

उनलाई छोडेपछि प्रहरी नियन्त्रणमा नपरिने मनसाय राखेर विराटनगरमा देखिएका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । मोरङको कर्सियामा रहेको जग्गाको विषयमा गुरुङसँग भगतको विवाद भएपछि उनीमाथि आक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्