नेपाली बजारमा बिस्तार हुँदै प्यारीवेयर



काठमाडौं, (नेस)
बाथरुम सामग्रीको ब्रान्ड प्यारीवेयरले नेपालमा यसको बजार सबलीकरण गरेको छ। प्यारीवेयरले नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनहरुलाई बजार केन्द्रित गरेको हो।

रोका गु्रपले काठमाडौंमा रोका बाथरुम प्रोडक्स प्राइभेट लिमिटेडका नाममा प्यारीवेयरको शोरुम सञ्चालनमा ल्याएको छ। हाउजि· सेगमेन्टमा ग्राहकहरुको क्रयशक्तिलाई समेत ध्यान दिई प्यारीवेयरले पीटाईट ईडब्लुसी लन्च गरेको जनाएको छ। यसका साथै बाथरुम प्रयोजनका लागि ३ थरी नल्की पनि यसले बजारमा ल्याएको छ।

रोका बाथरुम प्रोडक्स प्राइभेट लिमिटेडका पबन्ध निर्देशक केई रंगनाथनले शोरुमको उद्घाटन गर्नुभएको हो।१ हजार वर्गफिटको प्रदर्शन कक्षसहितको सोरुम उद्घाटन गरिएको हो। यस ब्रान्डअन्तर्गत आकर्षक बेसिन, डब्ल्युसी, नल्की, वाथटब, सावर, भान्साको प्रयोजनका लागि बेसिन (किचेन सिन्क), बाथरुम फर्निचरलगायतका सामग्रीहरु उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्