रोहिंग्या बस्ती ध्वस्त



यांगुन, (एजेन्सी)
म्यान्मारका सेनाले रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त बनाएको छ। मानव अधिकारवादी संस्था ह्युमन राइटस् वाचका अनुसार रोहिंग्या मुसलमानहरूको बसोबास रहेको रखाइन प्रान्तमा पर्ने करिब ५० वटा गाउँमा डोजर लगाएर ध्वस्त बनाइएको हो। म्यानमारको करिब ५० गाउँमा डोजर जोताइएको उक्त संस्थाको दाबी छ। सरकारी सेनाको असह्य ज्यादतीका कारण रखाइन प्रान्तका करिब ५ लाख रोहिंग्या मुसलमानहरू बंगलादेश तथा अन्य मुलुकमा पलायन भइसकेका छन्। यसरी पलायन भएका तिनीहरूलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्