तीन खेलाडीलाई छात्राबृति प्रदान



काठमाडौं, (नेस)
शेर वहादुर खड्का स्मृति प्रतिस्ठानद्धारा भलिबल खेलाडी प्रतिभा माली, कृपा अधिकारी र अरुणा शाहीलाई छात्राबृति रकम हस्तान्तरण गरेको छ। शनिवार प्रतिस्ठानले प्रत्येक महिना दुई हजारका दरले भलिबलका राष्ट्रिय खेलाडी प्रतिभा,कृपा र अरुणालाई जनहि १० हजारका दरले ५ महिनाको रकम उपलब्ध गराएको हो। उनीहरूलाई २ बर्षका लागि प्रतिस्ठानले छात्राबृति प्रदान गदै
आएको छ।

प्रतिक्रिया दिनुहोस्