बलिउड अभिनेत्री श्रीदेवीको निधन



काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको असमायिक निधन भएको छ । उनको शनिवार राति दुबईमा हृदयघातबाट निधन भएको छ ।

पति बोनी कपुर र कान्छी छोरी खुशी कपुरसँगै श्रीदेवी आफन्तको विवाहमा सहभागी बन्न दुबई पुगेकी थिइन् । उत्कृष्ट र चुलबुले अभिनयका कारण आफ्नो समयकी नम्बर एक अभिनेत्री रहन सफल श्रीदेवी पछिल्लो समय पुनः बलिउड सिनेमामा व्यस्त रहँदै आएकी थिइन् ।

हाल उनी उनी ५५ वर्षकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्