नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने



बुटवल । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

आज पार्टीले बुटवलमा पत्रकार सम्मेलन गरी महाधिबेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको उक्त महाधिबेशनबाट पार्टीको नाम तय गरिने बताइएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भटटराईले अबको कार्यदिशा आर्थिक समृद्धिको भएको भन्दै आगामी महाधिबेशनले देशको समृद्धिको विषयमा महत्वपुर्ण एजेण्डा उठाउने बताए ।

बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक चयन गरेको छ । यस्तै प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । यस्तै कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्तिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्