जीप र ट्याक्टर ठोक्किँदा एकको मुत्यु, ८ जना घाइते



पाँचथर । फाल्गुनानन्द–३ मा रहेको तीनपांग्रेमा जीप र ट्याक्टर ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ निवासी ५८ वर्षीय लिलामाया चेम्जोङको ज्यान भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

जीप र ट्र्याक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्