भारतको अलाहवादमा निलको नयाँ फ्रेन्चाइजी



भारतीय शहरमा समेत लोकप्रियता पाएका चर्चित हेयर स्टाइलिस्ट निल डेभिडको फ्रेन्जाइजी युनिसेक्स सैलुन भारतको अलाहवादमा पनि सञ्चालनमा आएको छ। उनको अन्तर्राष्ट्रियस्तर र अत्याधुनिक शैलीको सो फ्रेन्चाइजी ब्रान्डको बुधबार बलिउडका सुपरस्टार अमिताभ वच्चनको नगरी अलहावादमा भारतीय व्यापारी अजय अग्रवाल र सोमनीले संयुक्तरूपमा शुभारम्भ गरेका हुन्।

भारतको मुम्बई स्वस्तीका फ्रेन्चाइजी मेनमेजन्टले निलको भारतका विभिन्न शहरमा १ सय फ्रेन्चाइजी सञ्चालनमा ल्याउने गरी निलसँग सम्झौता गरेबमोजिम गुहाटी आसाममा फ्रेन्चाइजी सैलुन सञ्चालनमा आइसकेको छ भने चाँडै नयाँ दिल्ली, अजमगढ, वाराणसी र लखनउमा सञ्चालनमा आउने तयारी भइरहेको निलले बताए।

‘थाइल्यान्ड, लण्डन र सिंगापुरमा ३ वर्ष हेयर स्टाइल र मेकअप आर्टिस्टको कोर्ष पढी अन्तर्राष्ट्रिय डिग्री लिएँ। सोही अध्ययन मेरो बलियो आधार बन्न पुग्यो र आज झापाको सानो गाउँ लक्ष्मीपुरको म भारतसम्म आप्नो फ्रेन्चाइजी र शाखा सञ्चालनमा ल्याउन सफल भएको छु’ –निल भन्छन्। उनले आगामी मार्च १३ मा सिलगुढीमा निल डेभिड्स स्टाइलो सैलुनसमेत सञ्चालनमा ल्याउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्