जस्टिन र सेलेना फेरि सँगै



क्यानेडियन गायक जस्टिन बिबर तथा अमेरिकी गायिका सेलेना गोमेज एक पटक फेरि एक साथ देखिएका छन्।

उनीहरूले सन २०१० बाट एक अर्कासँग डेट शुरू गरेका थिए। जुन समयमा जस्टिन केवल १७ वर्षका थिए भने सेलेना १९ वर्षकी थिइन्। तर उनीहरूको सन् २०१४ मा ब्रेकअप भएको थियो। ब्रेकअप भएपछि दुवैजना आ–आप्mनो बाटो लागे पनि फेरि यो पूर्व जोडी दोस्रो पटक सम्बन्धमा आएका छन्।

ब्रेकअपपछि सेलेनाले मृगौला प्रत्यारोपण गरेकी थिइन्। यसपछि उनी जस्टिनसँग पहिलो पटक डिनरमा निस्किएको एजेन्सीले जनाएको छ। यहीबीच उनीहरूको एक रोमान्टिक भिडियोसमेत बाहिर आएको छ। यो भिडियो छोटो समयमै सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा जस्टिन र सेलेना कहिले लिप लक त कहिले हातमा चुम्बन गरिरहेको देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्