एकता भत्काउने षड्यन्त्र हुन सक्छ ः प्रचण्ड



काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकतालाई भत्काउन खोज्नेहरूले जस्तोसुकै षड्यन्त्रसमेत गर्न सक्ने बताउनुभएको छ। उहाँले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरूले वामपन्थीभित्रकै समूहलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना बताउनुभएको हो।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता गर्ने पहल शुरू भएपछि विभिन्न कोणबाट विचार विमर्श भएको बताउँदै विरोध र समर्थन शुरू भएको बताउनुभयो। ‘राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस शुरू भएको छ, एकथरीले अनिष्ट शुरू भयो भनेका छन’्, उहाँले भन्नुभयो– ‘अर्कोथरीले बिलकुल ठीक भयो, पहिल्यै हुनुपथ्र्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन्।’ वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व विकास र सुशासनको चाहनालाई पूरा गर्ने भन्दै जनताले अनुमोदन गरे पनि यसलाई अनिष्टको संज्ञा दिनेहरूले षड्यन्त्र गर्न सक्ने बताउनुभयो

प्रतिक्रिया दिनुहोस्