ओलीलाई ट्रम्पको बधाई



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ। आफ्नो शुभकामनामा ट्रम्पले विभिन्न चरणमा भएको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको प्रशंसा गर्नुभएको छ।

ओली प्रधानमन्त्री चयन भएको एक सातापछि ट्रम्पले शुभकामना पठाउनुभएको हो। आफू दुवै मुलुकको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालको स्थिरता, सुशासन र दिगो आर्थिक विकासमा सहयोग गर्न तत्पर रहेको ट्रम्पले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्