राजीनामाको घोषणा



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाली उपप्रधानमन्त्री बार्नावी जोयसले आफ्नो एक जना महिला पूर्वकर्मचारीसँगको सम्बन्धलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि शुक्रबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले सोमबार पदबाट राजीनामा दिन लागेको एक सरकारी सूत्रले पुष्टि गरेको छ। उनले यसअघि आचरणमाथि प्रश्न उठाउँदै आफूमाथि परेको राजीनामाको दबाबको बेवास्ता गर्दै आएका थिए। दुई साताभन्दा लामो समयदेखि अस्ट्रेलियाली राजनीतिक क्षेत्रमा उनको यो प्रसंग विवादमाथि विविध प्रश्नहरू उठ्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्