ओबीओआरलाई चुनौती



सिड्नी, (एजेन्सी)
चीनको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनाको जवाफमा अस्टे«लिया, जापान, अमेरिका र भारत मिलेर आफ्नो अलग्गै इन्फ्रास्ट्रक्चर प्रोजेक्ट शुरू गर्न सक्ने संकेत दिएको छ। अस्टे«लियाको एक समाचारमा प्रधानमन्त्री मेल्कम टर्नबुलले अमेरिका भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजनाको विषयमा छलफल गर्न सक्ने दाबी गरिएको छ। अस्ट्रेलियाको फाइनान्सियल रिभ्युले अमेरिकाका अधिकारीलाई उद्धृत गर्दे टर्नबुलको एजेन्डामा नयाँ प्रोजेक्ट समावेश रहेको उल्लेख गरेको छ। अर्बौं डलरको महत्वाकांक्षी परियोजना ओबीओआर राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अगाडि सारेका हुन्।

प्रतिक्रिया दिनुहोस्