आज कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

बैठक शनिबार बिहान ९ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गर्न प्रक्रिया सुरु गरेको छैन ।

कांग्रेसमा प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् । बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्