न्याय सम्पादन गर्दाको मुख्य हतियार निश्पक्षता



भक्तपुर । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायधिस भोजराज शर्माले न्याय सम्पादन गर्दा निश्पक्षता मुख्य हतियार भएको बताउनु भएको छ ।

बिश्व सामाजिक न्याय दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले जिल्लाका ४ वटै नगरपालिकाका उपप्रमुख तथा नगरका न्यायिक समिति संयोजकहरुलाई न्यायको तराजु हस्तान्तरण कार्यक्रममा उहाँले कुनै पक्ष सँग प्रभावित नभई छिटो छरितो किसिमले कम खर्चिलो हुने गरी र दुबै पक्षको जीत हुने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।

मुख्य न्यायधिस शर्माले स्थानिय स्वायक्त शासन ऐन अन्र्तगत उपप्रमुखहरु केवल नामका मात्र न्यायिक जिम्मेवार नभएका कारण विषेस ध्यानपुर्वक आफ्नो जिम्मेवारी बहन गर्न अग्रसर रहनु पर्ने वताउनुभयो ।

उहाँले अदालतवाट मात्र न्याय नभईकन विभिन्न किसिमका न्यायका लागि स्थानिय तहले नै स्वयमले अर्ध न्यायिक निकायका रुपमा काम गर्नु पर्ने संवैधानिक ब्यबस्था भएका कारण यसमा सवै उपप्रमुखहरु जिम्मेवार हुनु पर्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मध्यपुरथिमी नगरपालिका उपप्रमुख अन्जनादेबी मधिकर्मीले न्याय सम्पादन गर्दा लोभलालचमा नपरी बिधि र नियमसँगत ढंगले निष्पक्ष रुपमा न्याय दिने प्रतिबद्घता ब्यक्त गर्नुभयो ।

सुर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेतले आफूहरु आएको ९ महिना भए पनि सोचे अनुसार काम गर्न नसकेको बताउँदै न्याय सम्पादन गर्दा कानुनबिद्,प्रमुख प्रशासकीय अधिकृत र प्रमुखसँग समेत सहकार्य गर्दै अगि बढ्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुखबिना बास्तोलाले आफुहरुले आमाले आफ्ना सन्तानलाई भेदभाव नगरी समान ब्यबहार गरे जस्तै निष्पक्ष न्यायको काम गर्ने बताउनुभएको थियो ।

उहाँले आफुहरु कानुनत नगर माताका रुपमा रहेको बताउँदै यो जिम्मेवारी आफुहरुले परिवारमा आमाकै भूमिका झैं निश्पक्ष ढंगवाट निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महांसघ भक्तपुरका अध्यक्ष पुष्करराज वुढाथाकी ले नगरपालिकाको न्यायिक ईकाई र यसले सम्पादन गर्ने न्यायिक कार्यबारे नागरिक मात्र नभै जनप्रतिनिधि नै अन्यौलमा रहेको बेला राज्यले गर्नु पर्ने काम केन्द्रले गरेकोमा खुसी ब्यक्त गर्दै निष्पक्ष न्यायको खोजीमा सबै लाग्नु पर्ने औंल्यानुुभयो।

संस्थाका अध्यक्ष दुर्गा फुयाँलले केन्द्रले उपप्रमुखहरु लाई उहाँहरुले अब बहन गर्नुपर्ने न्यायिक समिति संयोजकको जिम्मेवारी बहन गर्दा निष्पक्ष गर्नुपर्छ भन्ने कर्तव्य बोध गराउन कार्यक्रमको आोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्