राष्ट्रसंघको मुख्यालयमा नेपाली सेना दिवस



काठमाडौं । नेपाली सेनाले संयूक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ फौज खटाउन शूरु गरेको ६० बर्ष पूगेको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा सैनिक दिवस मनाइएको छ।

नेपाली सेनाले संयूक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ फौज खटाउन शूरु गरेको ६० बर्ष पूगेको उपलक्ष्यमा नेपाली उच्च प्रतिनिधि मण्डलको उपस्थितिमा नेपाली सेनाले यूएन मुख्यालय न्यूयोर्कमा सेना दिवस मनाएको हो। फाल्गुन ७ गते मुख्यालयमा दिवस २०७४ मनाइएको नेपाली सेनाले विज्ञप्ती निकालेर जानकारी दिएको छ।

उक्त कार्यक्रममा सहभागी हून नेपालबाट रक्षा सचिव विनोद के.सी.को नेतृत्वमा नेपाली सेनाबाट उपरथी जगदीश चन्द्र पोखरेल र सहायक रथी दामोदर थापा सहितको ३ सदस्यीय प्रतिनिधि मण्डल न्यूयोर्क पुगेको थियो ।

कार्यक्रम राष्ट्रसंघको ‘डिपार्टमेन्ट अफ पिस किपिङ’का उच्च अधिकारीहरु सहभागी भएको सेनाले जनाएको छ। कार्यक्रममा राष्ट्रसंघका अधिकारीहरुले नेपाली सेनाको कार्य कुशलताको प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्