लट्री परेको भनि ठग्दै हिंड्ने गिरोहका तीन सदस्य पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज । पर्सा प्रहरीले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने ३ जनालाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका दुई जना नेपाली र एक भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेका हो ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का २४ बर्षीय भिम बहादुर थापा, दैलेख जिल्ला गुरास गाउँपालिका वडा नम्बर ४ का २२ बर्षीय विष्णु सिजाली मगर र भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरियाका २० बर्षीय असरफ अली रहेका छन् ।

पक्राउ परेकाहरुलाई वीरगन्ज महानगरपालिका १५ स्थित न्यू बीरगन्ज मनि ट्रान्सफरबाट पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक ज्ञान कुमार महतोको नेतृत्वमा खटिएको प्रहरी टोली मनि ट्रान्सफरमा रकम झिकेर आपसमा कुराकानी गरिरहेको अवस्थामा पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेकाहरुले बिभिन्न ब्यक्तिहरुलाई फोन गरी तपाईले चलाएको (भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्ड मार्फत २५ लाख रुपैयाँ लट्री जित्नुभएको छ) भनी फोन, म्यासेज गरी प्रलोभनमा पारेर उक्त लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरेपछि मात्र उक्त रकम तपाईको खातामा जम्मा हुने कुरा बताई आइएमई तथा विभिन्न बैंक मार्फत पैसा पठाउन लगाई ठगी गर्दै आएका थिए ।

पक्राउ परेकाहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइल, स्रोत खुलाउन नसकेको नगद ३५ हजार, भारु ३ हजार बिस रुपैया रकमसहित विष्णु सिजाली मगर र भिम बहादुर थापाको सक्कलि नागरिकता, प्रमाणपत्रलगायत कागजातहरु बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्