नेपालमै ठुलो धनराशीको खुला लन टेनिस बुटवलमा



यमलाल भुसाल, बुटवल । बुटवलमा नेपालकै धेरै पुरस्कार राशिको खुला लन टेनिस प्रतियोगिता शुरु भएको छ ।

बुटवल लन टेनिस क्लब र रोटरी क्वल तिलोत्तमाको आयोजनामा यस क्षेत्रमै पहिलो पटक नेपालकै धेरै पुरस्कार राशिको खुला लन टेनिस शुरु भएको हो ।

उदघाटन पछि आयोजित ५५ वर्ष उमेर समुहको खेलमा प्रवेश अव्दुल सहमतलाई सोझो ६ शुन्य र ६ एकमा हराउदै कृष्णराज घले सेमिफाईनलमा प्रवेश गर्नु भएको छ ।

त्यसैगरी मेन्स सिंगल तर्फ जितेन्द्र परियारले अभिशेक पाठकलाई सोझो ६ शुन्य र ६ शुन्यमा तथा विकास खडकाले सर्वर मियालाई सोझो ६ शुन्य र ६ शुन्यमा पराजित गरी क्वाटर फाईनलमा प्रवेश गर्नु भएको छ । मेन्स सिंगल तर्फमै प्रदिप खडकाले अन्जन थिङलाई सोझो ६ एक र ६ एकमा तथा सन्तोष खत्रीले भिस्म काउछालाई सोझो ६ एक र ६ दुईमा हराउदै क्वाटर फाईनलमा प्रवेश गर्नु भएको छ ।

३५ वर्ष उमेर समुहको सिंगलमा राजन विजुक्च्छेले वाल कृष्ण अर्याललाई सोझो ६ शुन्य र ६ शुन्यमा र कुल बहादुर राईले अनिल शेनचुरीलाई सोझो ६ एक र ६ दुईमा हराउदै क्वाटरफाईनल प्रवेश गर्नु भएको छ ।

फन डवलतर्फ पुर्व उपप्रधान मन्त्री कमल थापा र लन टेनिसका केन्द्रिय महा सचिव मनोहर दासको समुहलाई बुटवलका विकास खडका र अर्जुन गुरुङको समुहले ८ एकमा हराउदै दोस्रो चरणमा प्रवेश गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्