३२ वर्षपछि सूर्य नै चिसो हुने



वासिङटन । सबैलाई न्यानो दिइरहेको सूर्य अबको ३२ वर्षपछि चिसो हुने भएको छ ।  सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले त्यस्तो अनुमान लगाएका हुन् ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले हालै गरेको एक अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ ।

अध्ययनपछि बैज्ञानिकहरुले त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने प्रतिवेदन निकालेका छन् । वैज्ञानिकहरुले सूर्यको तापक्रम घटेपछि त्यसको असर पृथ्वीमा पनि पर्ने जनाएका छन् ।

तर असर संसारभर एकैनासको भने नहुने वैज्ञानिकहरुले उल्लेख गरेका छन् । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्