३६ सय घरमा ‘फोहोर सकंलन बाल्टी’



मोतीराम तिमल्सिना, काभ्रे । युरोपियन युनियनको सहयोगमा पनौती नगरपालिकामा ३६ सय घर परिवारलाई फोहोर संकलनका लागि प्रति घर दुई–दुई वटा फोहोर सकलन बाल्टी वितरण गरिएको छ ।

युरोपियन युनियनका राजदुत भेरोनिका कोडीले शुक्रबार एक कार्यक्रमका बीच नगरपालिकालाई बाल्टी, मिनि ट्रिपर, रिक्सा, ठेलागाढा लगायतका फोहोर संकलन सामाग्री नगर प्रमुख भिमप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

‘नगरलाई फोहोरबाट मुक्त गराउन घरघरबाटै संकलन हुने फोेहोरको अलग अलग ब्यवस्थापनका लागि बाल्टि वितरण गरिन लागिएको हो’–नगर प्रमुख न्यौपानेले भने–‘घरबाटै कुहिने र नकुहिने फोहोर संकलन गरी अलग अलग स्थानमा पु¥याईने छ ।’

सन् २०१४ फ्रेबुअरी देखि चारवर्षका लागि शुरु भएको युरोपियन युनियनका सहयोग अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधि नहुँदै शुरु गरिएको उक्त कार्यक्रम प्राविधिक कारणबश प्रभावकारी बनाउन सकिएको थिएन ।

पौने चार करोड रुपैया खर्च गरिएको उक्त कार्यक्रमबाट घरघर देखि फोहोर संकलन गरी कुहिने फोहोरबाट कम्पोष्टमल बनाउन कम्पोष्ट मल प्लान्ट निर्माण समेत गरिएको छ । बायोग्याँस प्लान्ट, नर्सरी र पुण्यमाता खोलाको त्रिवेणी घाटमा पार्क समेत निर्माण गर्ने तयारी गरिएको छ ।

२०१८ सम्मका लाग सम्झौता भएको उक्त योजना अन्तिम चरणमा पुगे पछि जनप्रतिनिधिहरुको सक्रियतामा थप काम अगाडी बढेको हो ।

फोहोर संकलनका लागि घरघरमा प्रशिक्षण समेत दिईएको छ । ७२ सय वटा बाल्टि मध्ये आधामा कुहिने फोहोर संकलन हुन्छ भने आधामा नकुहिने फोहोर संकलन हुन्छ ।

संकलित फोहोरलाई कम्पोष्ट प्लान्टमा लैजाने नजिकका क्षेत्रबाट रिक्साको प्रयोग हुनेछ भने टाढा टाढाको क्षेत्रबाट टिपरमा ल्याईनेछ । ठेलगाडा, डोको लगायतका सामाग्रीहरु युरिपियन युनियनका राजदुत मार्फत नगरपालिकालाई उपलब्ध गराईएको छ । नकुहिने फोहोरलाई कवाडी मार्फत पठाईनेछ । त्यसका लागि पनि अलग्गै सामान थुपार्ने स्थानमा राखिनेछ ।

विशेषगरी घरका गृहिणी महिलाहरुका लागि यो तालिम उपलब्ध गराईएको छ । १० वटा समुह मार्फत झण्डै एक सय महिलाहरुलाई फोहोरलाई तह अनुसार ब्यवस्थापन गर्न सिकाईएको समुहका सगिंता श्रेष्ठ स्यालाले बताईन् । ‘हामीले फोहोरलाई रेड्युस, रेडयुज र रिप्रोडक्टका लागि तालिम प्रदान गरिएको छ’–उनले भनिन् ।

राजदुत भेरोनिका कोडीको समुहले पनौतीको पार्क शिल्यान्यास गर्दै कम्पोष्ट मल प्लान्टको अवलोकन र विश्व सम्पदा सूचीमा प्रस्तावित पुण्यमाता खोला आसपास रहेका इन्देश्वर महादेव, ब्रम्हायणी, बद्रि, केदार लगायतका सम्पदाहरुको अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्