विश्वकै सबैभन्दा कुख्यात ८ तलाभरि वेश्यालय भवन



एउटा यस्तो भवन, जो पूरै विश्वमा सबैभन्दा धेरे बदनाम छ । थाहा छैन, तपाइँलाई यसबारेमा जानकारी छ या छैन । यदि छैन भने थाहा पाउनुहुनेछ ।

यो भवन बाहिरबाट जस्तो देखिन्छ, भित्रको दुनियाँ पूरै उल्टो छ । देख्दा त यो भवन अन्य आम भवनहरु जस्तै नै देखिन्छ ।

हङ्कङकाे फूजी इलाकामा रहेको यो भवन त्यसमा बस्ने यौनकर्मी महिलाहरुका कारण विश्वभर नै बदनाम छ । मिडिया रिपोर्टका अनुसार यस भवनमा केवल वेश्यावृत्तिमा संलग्न महिलाहरु मत्र बस्दछन् । बस्नेमात्र होइन, यो भवनमा ती महिलाहरुले दैनिक लाखौँको कमाई गरिरहेका हुन्छन् ।

यो भवन २२ तले छ । तीमध्ये ४ वटा तलामा मात्र पसलहरु रहेका छन् । अरु १८ वटा तलामा यौनकर्मी महिलाहरुले आफ्नो अखडा जमाइरहेका छन् । हरेक यौनकर्मी महिलाको आफ्नै वेश्यालय छ, त्यहाँ ।

यो भवनमा विभिन्न देशका गरी डेढ सयभन्दा धेरै यौनकर्मी महिलाहरु बस्दछन् । यहाँका वेश्यालयमा मानिसहरुको यति भीड लाग्दछ कि भवनका लिफ्टमा मानिसको लाइन हुन्छ । तन्नेरीदेखि वृद्धावस्थासम्मका ग्राहकहरु त्यहाँ पुग्दछन् ।

भवनभित्र रंगी बिरंगी प्रकाशहरुबाट करिडोर सजिएको हुन्छ । हरेक तलामा रहेका हरेक फ्लाटको गेटमा विभिन्न भाषाका संकेतहरु दिइएको छ । हरेक फ्लाटमा यौनकर्मी महिलाको अखडा छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्