डोटीमा नगरबस सञ्चालन



दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएको नगरबस । तस्विर: विमल विष्ट/डोटी

विमल विष्ट, डोटी । दिपायल सिलगढी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको छ । नगरबसको शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीमा उदघाटन गर्नुभएको हो ।

शैलेश्वरी मन्दिरका पुजारी तिर्थराज भट्टद्वारा विधिवत पुजा संगै मुख्यमन्त्री भट्टले रिवन काटेर नगरबसको उद्घाटन गर्नु भएको हो । ७३ लाखको लगानीमा नगरपालिकाले दुईवटा नगरबस बस संञ्चालनमा ल्याएको हो ।

यसअघि नगरबस यातायात व्यवसायी, सहकारी लगायतले मात्र संञ्चालनमा ल्याएका थिए । नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको पहिलो पटक हो ।

मुख्यमन्त्री भट्टले नगरबस संञ्चालनको काम सराहनीय रहेको बताउदै थप सहयोगका लागि प्रदेश सरकारले भुमिका खेल्ने बताउनु भयो ।

नगरपालिकाभित्र सिलगढी–दिपायलको १२ किलोमीटर दुरीमा यात्रा गर्न यात्रुहरुलाई झन्झट हुने गरेको थियो । ‘यात्रुहरुले स्थानिय रुटमा भोग्दै आएको सास्तीलाई मध्यनजर गरेर नगरबस संञ्चालनमा ल्याइएको हो ।’ दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले बताउनु भयो ।

टिकटदर सार्वजनिक यातायात भन्दा सस्तो बनाउने मलासीले बताउनु भयो । बस संञ्चालनको कार्यबिधिी बनाएर सेवालाई सहज, पारदर्शि र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्