देउवा र सिंहबीचकाे कडा भिडन्त भोली



काठमाडौं । नेपाली कांग्रेसमा भोली बस्ने संसदीय दलको बैठकले संसदीय दलको विधान सम्बन्धि छलफल गर्ने छ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाले आकांक्षा राखेका छन् ।

सभापतिको हैसियतले देउवाको दाबी स्वभाविक भए पनि नेता सिंह र कोइरालाले देउवाको विकल्प खोजिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

राष्ट्रियसभाका १३ र प्रतिनिधिसभाका ६३ गरी कांग्रेस संसदीय दलमा ७६ सिट छ । त्यसमध्ये पौडेल पक्षको ३१/३२, कृष्णप्रसाद सिटौला पक्षका ४ र अन्य ४०/४१ सिट देउवा पक्षमा रहेको कांग्रेस स्रोतको भनाई छ ।

शनिबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संयुक्त बैठकले दलको विधान संशोधन गर्ने पनि बनाइएको छ । त्यस्तै आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै संसदीय दलको नेता छान्न निर्वाचन कमिटी गठन गर्ने सम्भावना छ ।

गणितीय हिसावले देउवा दलको नेता बन्ने आंकलन गरिएको भए पनि देउवा गुटको एक समूहले शशांक कोइरालालाई अघि सार्नुपर्ने आवाज उठाएका छन् । यसैबीच एक समूहले भने देउवा नै उठ्नुपर्नेमा जोड दिँदै आएका छन् ।

दलको नेता बन्ने दौडमा रहेका पार्टी सभापति समेत रहेका देउवाले पाँच वर्षपछि कांग्रेसलाई सत्तामा पुर्याउने एजेण्डा अघि सारेका छन् भने सिंहले पाँच वर्ष सत्ताको आकांक्षा छाडेर संगठन निर्माणको एजेण्डा अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्