दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, तीन जना घाइते



दैलेख । जिल्लाको गैडावाज हुँदै महाबुका लागि छुटेको बोलेरो डबल क्याप जीप ओखरेनीढुंगामा दुर्घटना भएको छ ।

दुर्घटनामापरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको हो । मृत्यु हुनेमा महाबु-६ का श्रबणकुमार शाही, महाबु-३ कि निर्मला बिष्ट र वीरेन्द्रनगर सुर्खेतका तिलक बिष्ट रहेका छन् ।

एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलका अनुसार अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको छ । घटना बारे थप विवरण आइनसकेको डीएसपी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्