हंसपुरमा बृहत् खानेपानी योजना शिलन्यास



सलिम अन्सारि, प्यूठान । सरुमारानी गाउपालिका-३ हंसपुरको नौघाट स्थित माडी नदिमा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
हंसपुर बृहत् लिफ्ट खानेपानी उपभोक्ता समितिले सरुमारानी गाउपालिकाले ६० लाख रुपैया बिनियोजन गरि काम सुरु गरिएको हो। जिल्ला सरसफाई तथा खानेपानी डिभिजन कार्यालयको प्राविधिक सहयोगमा सुरु योजनाको झण्डै सात करोड रुपैया लागत अनुमान गरिएको छ। आयोजनाको बुधबार सरुमारानी गाउपालिकाका अद्यक्ष झग बहादुर बिश्वकर्माले शिलान्यास गरे ।

खानेपानीको चर्को अभाव झेल्दै आएका सरुमारानी गाउपालिका (३ हंसपुरका बासिन्दालाई पर्याप्त खानेपानी वितरण गर्न आयोजना सुरु गरिएको खानेपानी योजनाका अध्यक्ष सन्तोष बिश्वकर्मालेल बताए ।

खानेपानीको चरम अभाव भएको तत्कालिन हंसपुर गाविसको वडा नं.१ देखि ४ सम्मका बासिन्दालाई विहान बेलुका खानेपानी वितरण गर्ने गरि आयोजना सुरु गरिएको उनको भनाई छ ।

खानेपानी योजनाका अध्यक्ष बिश्वकर्माले भने ‘ कम्तीमा आगामी २ वर्ष भित्र आयोजना पुरा गरेर पानी वितरण गर्छौ ।’
योजना सम्पन्न भए पश्चात यहाका ३ सय २ घरधुरिका झन्डै दुई हजार जनसंख्यालाई खानेपानी सुविधा पुग्ने छ ।

शिलन्यास कार्यक्रममा गाउपालिका अध्यक्ष झग बहादुर बिकले समय मै आयोजना सम्पन्न गर्न निर्देशन दिदै आयोजना पुरा चुनौती रहेपनि सम्पन्न गरिछोड्ने प्रतिबद्धता जनाए। शिलन्यास कार्यक्रममा पुगेका गाउँकार्यपालिका सदस्यहरुले खानेपानीको चरम समस्या झेल्दै आएका यहाँका बासिन्दाले आयोजना सम्पन्न भएपछि सहज हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्