इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश



काठमाडौं । सबै सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने तयारी गरिरहेका बेला सर्वाेच्च अदालतले तत्काल प्रयोग नगर्न अन्तिम आदेश दिएको छ ।

इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने मागसहित दायर रिटमा बिहीबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो ।

भरत बस्नेतले दायर गरेको उक्त रिटमा सुनुवाई गर्दै सर्वाेच्च अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ भने ७ दिनभित्र लिखित जवाफसहित आउन भनेको छ । गएको भदौ ५ बाट सवारी साधनमा अँग्रेजी लिपीमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्