स्थानीय सरकार स्याउ खेतीमा



कालीवहादुर मल्ल, कालिकोट । यहाँ खाँडाचक्र नगरपालिका–६ स्थित दाँहामा ३ लाख ६० हजार बर्गमिटर सर्वजनिक जग्गामा स्याउ खेतीका शुरु गरिएको छ ।

वडा कार्यालयको पहलमा खापरमस्टो देवताको मन्दिर परिसरमा बाझो रेको सार्वजनिक जग्गामा स्याउ खेती शुरु गरिएको हो ।
स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यावसायिक स्याउ खेतीको थालनी गरिएको हो ।

स्याउ खेतीबाट वडाका सबै घरधुरीलाई रोजगारी दिने उदेश्यले व्यावसायिक स्याउसबाट पनि आम्दानी हुुन थालेपछि किसान व्यावसायिक स्याउ खेतीको शुरु गरिएको वडा अध्यक्ष जगदिश शाहीले बताए ।

‘केही समय अगाडिसम्म निश्चित घरधुरीले आफ्नै लागि दुईदेखि तीन बोट स्याउ लगाएर स्याउ खेती सुुरुवात भएको थियो ।’ उनले भने, ‘अब वडाको पहलमा नै सामुहिक स्याउ खेतीको सुरुवात गरिएको छ ।’

व्यावसयिक स्याउ खेतीका लागि नगरपालिकाले ५० हजार बोट स्याउ, ओखर प्रदान गरेको स्याउको बगैचा नै बनाएर अब वडालाई रोजगारी दिइने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

‘उत्तर र दक्षिण दुवैतिर मोटर बाटो निर्माण कार्य धमाधम भैरहेकोले स्याउ खेतीमा किसानहरू आकर्षित हुन थालेको छन् ।’ उनले भने,‘स्याउ लगाएर यसकोे व्यावसायिक खेती सुुरु गरेको यसबाट नै वडालाई समृद्ध बनाउने लक्ष्य लिएका छौं ।’

ब्यावसायिक स्याउ खेतीमा लगाएर स्थानीयलाई रोजगारी र आम्दानी बृद्धि हुने नगरपालिकाको लक्ष्य रहेको त्यसै अनुसार ब्यावसायिक स्याउ खेतीमा स्थानीयलाई प्रोहोत्सान गरिएकाले एसको जोगेर्ना गर्नु आवश्यक रहेको खाँडाचक्र नगरपालिका कृषि वागवानि विकास अधिकृत भक्तिराम शर्माले बताए ।

‘खाद्यमा आत्मनिर्भर बनाउने अरु कुनै उपाय नै छैन् ।’ उनले भने,‘स्याउ खेती लगाएरमा नै यहाँका स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्