‘मदन भण्डारीको योगदानलाई भुल्न सकिन्न’




हेटौंडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीको योगदानलाई कहिल्यै भुल्न नसकिने बताउनुभएको छ । हेटौंडामा मदन भण्डारी फाउण्डेसनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री पौडेलले आफूहरु स्व.भण्डारीले देखाएको बाटोमा हिँड्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

उहाँले भण्डारीको योगदानले नै आज मुलुक यो अवस्थामा आएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको र उक्त जिम्मेवारी निर्वाह गर्न आफू दिनरात नभनी लागिपर्ने बताउनुभयो ।

प्रदेशका जनताले गरेको भरोसालाई आफूले टुट्न नदिने भन्दै मुख्यमन्त्री पौडेलले सोचे अनुसार समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार लागिपर्ने धारणा ब्यक्त गर्नुभयो ।

मदन भण्डारी पाउण्डेसन मकवानपुर अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित राष्ट्रियसभा सांसद् रामचन्द्र राई, प्रदेशसभा सांसद्हरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओम घलानलाई सम्मानपत्र प्रदान गरिएको थियो भने फाउण्डेसनमा रहेर जनप्रतिनिधि भएका पदाधिकारी तथा सस्यहरुलाई कदरपत्र दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्