भिडियोमा मुख छोपी छोपी



गायक किरण भुजेल र गायिका जुनु राईको मुख छोपी बोलको युगल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
पुराना संगीतकार तथा गितारिस्ट अनिल शाहीद्वारा संगीतबद्ध गीतमा शब्द रचना सुबोध सुधाकर रिजालको रहेको छ। गीतमा अनिल शाहीकै संगीत संयोजन छ।यसअघि बरीलै र माया मैस“ग लाइदेउन बोलका गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धीसमेत हुन्।
मोहनराज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई नृत्यपरक बनँइएको छ। म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्। अमृत सुनुवारद्वारा छायांकन गरिएको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्