डा. केसी र प्रमाणपत्र



सीसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्यो भने त्यसले आफूलाई पनि असर गर्छ भन्ने हेक्का राखिएन भने नराम्रोसँग फसिन्छ भन्ने चेतना नहुँदा मुलुकका जाने मानेका एक डाक्टर साव फसेको धरहराले देखेको छ। आफूलाई केही कुरा मन परेन भने अनशन बसिहाल्ने चिकित्सक गोविन्द केसी पछिल्लो समय प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र जन्ममितिका बारेमा पटकपटक प्रश्न गरेका डा . केसीको समेत नागरिकता फरक फरक देखिएपछि उनको नैतिकतामाथि प्रश्न चिह्न उठेको छ।

डा. केसीलाई देवत्वकरण गराउने ती ठालुहरू अहिले कसरी मुख छोपेर हिँडेका छन् धरहरालाई हेर्न मन लागेको छ। उनको प्रवक्ता भएका केही क्षेत्रीहरूले अब कसरी बचाउ गर्ने हुन् त्यो भने हेर्न बाँकी छ।
पत्रकारहरूले मिहिनेत गरेर उहाँको थरिथरिका जन्ममिति उल्लेख भएका कागजपत्रहरू खोजेर ल्याएपछि डा. केसीले आफ्नो कमजोरीको सम्पूर्ण दोष त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खानियाँमाथि थोपरेका छन्।

अरूलाई नैतिकताको पाठ सिकाउँदै हिँड्ने डा. केसीले आप्mनो नागरिकता र चारित्रिक प्रमाणपत्रमा देखिएको थरिथरिका जन्ममितिलाई प्राविधिक त्रुटि भनेका छन्। आप्mनो गल्ती प्राविधिक त्रुटि अरूका गल्ती नियतवश त्रुटि देख्ने डाक्टर साहेबले पत्रकारले खोजी गर्नुभन्दा अघि नै आप्mनो त्रुटिबारे सार्वजनिक गरेर इमानदारिता देखाउन नसकेकोमा माफी माग्नु त कता हो कता उल्टो प्रधानन्यायाधीशलाई आपूmले जस्तै नागरिकता र शैक्षिक प्रमाण–पत्रहरू सार्वजनिक गर्न चुनौती दिएर जग हँसाउने काम गरेको देखेर यिनको विद्वत्तामा धरहराले प्रश्न उठाएको छ।

पत्रकार सम्मेलनमा उहाँले आप्mना गल्तीहरू सार्वजनिक गरिदिएको रिसको झोंकमा तीर्थ खानियाँको डिजाइन भएको भनी पाडेलागि गर्नुले उनको असली चरित्र पनि धरहराले राम्रोसँग देख्ने मौका पाएको छ। प्रधानन्यायाधीश पराजुलीमाथि डा. गोविन्द केसीको डिजाइन थरीथरीका नागरिकता र जन्ममिति आएको आरोप कसैले लगाइदियो भने के हुन्छ? एक जना प्राध्यापकजस्तो विद्वान् मानिसले सिसाको घरभित्र बसेर अरूलाई ढुंगा हान्नुअघि सयचोटि सोच्ने कि⁄ धरहराको यो सुझाव मान्दा फाइदा, नमान्दा बेफाइदा है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्