नियम कडा छ !



सुनसरीको इटहरीमा सडक भारवहन क्ष्मताभन्दा बढी लोड÷सामान बोकेर नेपाल भित्रिएका भारतीय ट्रक कन्टेनर नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी । यसअघि नेपाली ट्रक कन्टेनरलाई मात्र कारबाही गर्ने गरेको ट्राफिक प्रहरीले केही दिनयता भारतीय ट्रकलाई समेत चेकजाँच गरी कारबाही गर्ने गरेको छ । यसरी शुरू गरिएको नयाँ अभ्यासलाई तीव्रता दिँदै प्रहरीले चेकजाँच थप कडाइ गरी कारबाही क्रम अझ बढाउने पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले दाबी गर्नुभयो।
तस्वीर ः नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्