सुटकेसमा राखेर मानव तस्कर !



म्याड्रिड, (एजेन्सी)
आफ्नो छोरोलाई मोरोक्कोबाट एउटा सुटकेसमा राखेर अवैध ढंगले स्पेन तस्कर गर्ने एकजना आइभोरियन पुरुषलाई कारागार सँजाय माफ गरिएको छ। सरकारी वकिलहरूले अलि वाउत्तारालाई आफ्नो छोरोलाई स्पेन प्रवेश गर्न सहयोग पुर्याएबापत कारागार पठाउन चाहेका थिए।

तर तिनीहरूले अलि विरुद्ध यस सम्बन्धमा मुद्दा चलाए तापनि अदालतले अलिले आफ्नो छोरोलाई सुटकेसमा राखेर स्पेन पुर्याइएला भन्ने थाहा भएको प्रमाण फेला नपरेको जनाउँदै अदालतले उनलाई सामान्य जरिवाना मात्र तिराएर सफाइ दिएको थियो।

न्यायाधीशहरूका अनुसार हाल १० वर्ष उमेरका ती एदोउ नामक बालकले आफू र आफ्नो पिताले आफूलाई सुटकेसमा लुकाएर स्पेन लगिन्छ भन्ने कुरा थाहा नभएको जनाएको बताएका छन्।
एदोउले एक महिना कागारमा बिताइसकेका पिता अलिले आफूलाई कारबाट स्पेन लगिने बताएको अदालतलाई जानकारी गराएका थिए। ती बालकले बताएका छन्,‘मोरोक्को र स्पेनबीचको सेउटा मार्ग हुँदै सिमा पार गर्ने क्रममा सुटकेसमा थुनिनु परेकाले मलाई श्वास फेर्नै निकै गाह«ो परेको थियो।’

सन् २०१५ को मे महिनामा मोरोक्को पार गर्ने सिमानामा अर्थात सेउटामा एकजना महिलाले एउटा गह«ुँगो सुटकेस घिसार्दै गरेको अवस्थामा सिमा अधिकारीहरूले रोकेर सुटकेसलाई स्क्यान गरी हेर्दा त्यसभित्र एक बालक पाठेघरमा भ्रण बस्ने शैली क्रुक्रुक्क परेर बसेको फेला पारेका थिए। ती बालक अहिले आमासंग बस्दै आएका छन्। अलिलाई १ सय १४ डलर जरिवाना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्