सडक दुर्घटना



लिमा, (एजेन्सी)
पेरुको पान – अमेरिका राजमार्गमा गुडिरहेको एउटा यात्रुवाहक बस सडक किनाराबाट खोँचमा खस्दा कम्तिमा ३० जना मानिसको ज्यान गएको बुधबार आपत्कालीन सेवा अधिकारीहरूले जनाएका छन्। पेरुको दक्षिणी आरेक्विपा प्रान्तको ओकानो व्रिजमा स्थानीय समयअनुसार अपरान्ह साढे एक बजे उक्त दुर्घटना भएको हो। स्थानीय सञ्चार माध्यमले ८० देखि २ सय मिटर उचाइबाट सो बस खसेको फरक–फरक समाचार छापेको छ। गत महिना पनि पेरुको पहाडबाट अर्को एउटा यात्रुवाहक बस खस्दा ५२ जना व्यक्तिको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्