काश्मिरमा चीन सक्रिय



श्रीनगर, (एजेन्सी)
भारत नियन्त्रित काश्मिरका वरिष्ठ मन्त्री नइम अख्तरले चीनमाथि काश्मिरमा आफ्नो प्रभाव जमाउने प्रयासमा रहेको आरोप लगाएका छन्। चीनले आतंकवादी संगठन जैस ए मोहम्मदलाई लगातार संरक्षण दिइरहेको उनले बताए। अहिलेसम्म भारत र पाकिस्तानबीचको समस्याका रूपमा हेर्ने गरेको काश्मिर मुद्दामा चीनको बढ्दो भूमिकालाई लिएर कुनै काश्मिरी मन्त्रीका तर्फबाट पहिलोपटक आएको यो बयानले यसमा नयाँ आयाम थपिएको छ। नईम अख्तर पीडीपी प्रमुख तथा जम्मु काश्मिरका मुख्य मन्त्री महबुबा मुफ्तीका नजिक मानिन्छ। उनी राज्य सरकारका प्रवक्ता पनि हुन्।

प्रतिक्रिया दिनुहोस्