२ सय ५० मारिए



दमास्कस, (एजेन्सी)
सिरियाली सरकारले विद्रोहीहरूको कब्जामा रहेको इलाकामा लगातार २ दिन गरेको बमबारीमा २ सय ५० जनाको मृत्यु भएको जनाइएको छ। सिरियाको राजधानी दमास्कसनजिक सन् २०१४ पछिको यो सबैभन्दा हिंस्रक घटना भएको सहायता संगठनका कार्यकर्ताले बताएका छन्। मारिनेमा ५० भन्दा बढी बच्चा मारिएको उनीहरूले बताएका छन्। संयुक्त राष्ट्रसंघले त्यहाँको स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको चेतावनी दिएको छ। मंगलबार भएको हमलामा ६ वटा अस्पताललाई पनि निसाना बनाइएको राष्ट्रसंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्